साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण « Khabarhub

साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन् । साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन् ।

उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । हुथी विद्रोहीको हमलाका बावजुद उक्त प्रतियोगिता पूर्वनिर्धारित स्थान र समयमा नै सञ्चालन हुने साउदी अधिकारीले जानकारी दिएका छन् ।

यस क्षेत्रलाई लक्षित गरी हुथी विद्रोहीले पछिल्ला केही दिनयता आक्रमण गर्दै आएको बताइएको छ । विद्रोहीले साउदी अरबको तेल कम्पनी आराम्कोको स्वामित्वमा रहेको नर्थ जिद्दा बल्क प्लान्ट गराएको आक्रमणमा कुनै मानवीय क्षति भने नभएको साउदी अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

साउदी नेतृत्वको अरब गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अल मलिकीले दिएको जानकारीअनुसार आक्रमणमा दुई वटा ट्यांकर नष्ट भएका थिए । अग्नि नियन्त्रणले आक्रमण लगत्तै आगो नियन्त्रणमा लिएर कुनै ठूलो भौतिक क्षति हुनबाट जोगाएको बताइएको छ ।

साउदी अरबले यमनमा जारी युद्धका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा हुथी विद्रोहीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ । जवाफमा हुथी विद्रोहीले पनि साउदी अरबका सैनिक एवम् सार्वजनिक पूर्वाधारलाई लक्षित गरी हमलाहरू गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १५ बजे

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको