रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ? « Khabarhub

रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो तर्फ भएको सैनिक हताहतीको तथ्यांक सार्वजनिक गरेको छ । रुसी सैनिक निकायका उपप्रमुख कर्णेल जनरल सेर्गेई रुद्स्कोईले युक्रेनमा १३०० भन्दा धेरै रुसी सैनिक मारिएको जनाएका हुन् ।

उनका अनुसार युक्रेनमा १३५१ रुसी सैनिक मारिएका छन् । त्यस्तै, रुसी आक्रमणमा युक्रेनी सेनातर्फ १४ हजार जनाको मृत्यु भएको उनको दाबी छ ।

त्यसैगरी, रुसी आक्रमणका क्रममा हालसम्म ३ हजार ८ सय २५ जना घाइते भएको उनले बताए । युक्रेनमा मारिएका सैनिकका परिवारलाई राज्यले सहयोग गर्ने समेत आश्वासन दिए ।

यसअघि युक्रेनले एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । युक्रेनमा हालसम्म आधा दर्जनजति वरिष्ठ रुसी सैनिक अधिकारी समेत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : ४५ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास