आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्लीको विजयी सुरुवात | Khabarhub Khabarhub

आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्लीको विजयी सुरुवात


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेको छ।

आइतबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुवात गरेको हो।

मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर सहजै पूरा गरेको हो।

दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए भने अक्षर पटेलले अविजित ३८ रन जोडे।

पृथ्वी शले ३८ र शार्दुल ठाकुर २२ रन बनाए भने टिम सेइफर्ट २१ रनमा आउट भए। मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।

जितसँगै दिल्लीले २ अंक जोडेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : १६ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,