कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्लो शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारसमेत बस्दैछ।

आइतबार बसेको बैठकले सोमबार बिहान ११ बजेका लागि बैठक तय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा स्थानीय तहको निर्वाचन गठबन्धन केन्द्रीय छलफल हुनेछ।

काँग्रेसले केन्द्रीय कार्यसमितिबाटै स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि बोर्ड गठनको निर्णय गर्दैछ।

यसअघि दुई दिन बसेको बैठकमा पहिलो दिन धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन आवश्यक रहेकोमा जोड दिएका थिए। आइतबारको बैठकमा बोल्ने केही केन्द्रीय सदस्यले भने निर्वाचनमा बिना गठबन्धन जानुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा चुनामा गठबन्धनलाई लिएर अगाडि बढ्नुपर्ने अडानमा छन् भने शेखर कोइराला समूह गठबन्धनको विरुद्धमा छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै