आक्रमणको अझ शक्तिशाली माध्यमको विकास गर्ने किम जोङ उनको दृढता « Khabarhub

आक्रमणको अझ शक्तिशाली माध्यमको विकास गर्ने किम जोङ उनको दृढता


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आक्रमणका लागि अझ शक्तिशाली माध्यमको विकास गर्ने दृढता व्यक्त गरेका छन् । उत्तर कोरियाले चार वर्षको अवधिमा पहिलोपटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि सर्वोच्च नेता किमको यस्तो भनाइ आएको हो ।

उत्तर कोरियाका सरकार नियन्त्रित केसीएनए समाचार संस्थाले जनाएअनुसार वैज्ञानिकहरु सँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकमाथिको खतराको मुकाबिला गर्न आक्रमणको क्षमता बढाउने बताएका हुन् ।

‘जब कसैले बलियो आक्रामक क्षमता र कोहीबाट पनि रोक्न नसक्ने सैनिक शक्तिको विकास गर्छ, उसैले मात्र युद्ध रोक्न सक्छ, मुलुकको सुरक्षा गर्न सक्छ र साम्राज्यवादीको धम्कीलाई नियन्त्रण गर्न सक्छ ।’ किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।

उनले आफ्नो मुलुकले अझ शक्तिशाली आक्रमणको माध्यम विकास गर्ने र आणविक हतियारको विकासलाई जोडदार रुपमा अझ परिष्कृत गर्ने समेत बताएको केसीएनएले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ४८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको