तीन दिनदेखि मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन « Khabarhub

तीन दिनदेखि मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा शनिबारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो । पानीनै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले जनाएको छ । जसको मार सदरमुकाम गमगढी बजारलगायत आसपासका बस्तीलाई परेको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले १९ चैतसम्म विद्युत अवरुद्ध हुने जानकारी दिए । उनका अनुसार यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमा चाहन्छ ।

करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना भएको गमगाढ साना जलविद्युत आयोजना पटकपटक बिग्रिन थालेपछि सुधारका लागि मर्मत सुरु भएको हो । स्थानीयले धेरै नै गुनासो गरेपछि मर्मत थालेको प्राधिकरणले जनाएको छ ।

१२ चैतमा विद्युत अवरुद्ध भएयता सरकारी कार्यालयको कामकाज ठप्प जस्तै भएको छ । साथै स्कुल कलेजमा पढ्ने बालबालिका पनि विद्युत अभावको मारमा परेका छन् । उनीहरू टुकी बालेर पढ्न बाध्य छन् ।

वितरण केन्द्रमा रहेको मोटर जल्दा विद्युतमा अनियमितता हुँदै आएको थियो । गमगढीमै मोटर मर्मत गर्न नसक्दा नेपालगञ्ज लैजानु परेको हो । सदरमुकाम गमगढी बजारलगायत अन्य बस्तीमा विद्युत सेवा नहुँदा मोबाइल चार्ज गर्न समेत नपाएको छायानाथ रारा नगरपालिका–१० का रामनाथ सेजुवालले बताए । एकातिर अध्ययनअध्यापनको लागि पनि सास्ती भएको छ भने अर्कोतर्फ सरकारी तथा गैरसरकारी कार्यालयमा समेत काम ठप्प भएको छ । विद्युत सेवा नहुँदा मैनबत्ती बालेर भए पनि कार्यालय सञ्चालन गरेको आँखा अस्पताल मुगुका कार्यालय प्रमुख ध्रुव बुढ्थापाले बताए ।

विद्युत गृहमा जडित मेसिनहरू पुरानो भएको र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत गृहमा सानोसानो समस्या आए पनि चीनको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान मगाउनु अवस्था छ । यसले पटक पटक समस्या हुने गरेको वितरण केन्द्र प्रमुख पौड्यालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले