न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रको सुन्दर उपहार हो ।’

राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पिडकलाई दण्ड जरीवाना गर्ने कुरा लोकतन्त्रमा ठुलो हुने बताइन् । तर, समितिले न्याय दिँदा गम्भीर हुनुपर्ने बताइन् । संविधानले स्थानीय सरकारले नै न्याय सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ ।

पोखरा महानगरले समितिका संयोजकहरुको राष्ट्रिय भेला आयोजना गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले अधिकारभित्र रहेर काम गर्न आग्रह गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गरेर घरदैलोबाटै न्याय दिन सकेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : २२ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र