घट्दै कोरोना संक्रमण : थप २१ जनामा संक्रमण, मृत्यु शून्य | Khabarhub Khabarhub

घट्दै कोरोना संक्रमण : थप २१ जनामा संक्रमण, मृत्यु शून्य


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या एक हजार २५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६५ हजार १४२ पुगेको छ । निको हुनेदर ९८ दशमलव सात प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य संक्रमित भएका जिल्ला सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : १४ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार