गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना | Khabarhub Khabarhub

गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।

मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए ।

‘भारतबाट चोरेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए ।

बेवारिसे झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।

झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए । सिंहका अनुसार झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : २४ बजे

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै