गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना « Khabarhub

गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।

मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए ।

‘भारतबाट चोरेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए ।

बेवारिसे झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।

झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए । सिंहका अनुसार झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : २४ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०