एनआरएनएका तीन अध्यक्षद्वारा पदबहाली « Khabarhub

एनआरएनएका तीन अध्यक्षद्वारा पदबहाली


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले  पदबहाली गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालयमा निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरूलाई खादा र माला लगाइदिएर पदबहाली गराएका हुन् ।

उनले अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे ।

उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरू पनि उपस्थित थिए ।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरू बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

सोमबार बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राति पद तथा गोपनियताको शपथ दिलाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : २३ बजे

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ