बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ  « Khabarhub

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ बर्सिया गंगा माया नेपाली रहेका छन् ।

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ वैशाख १४ बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ५५ बजे

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको