उच्च अदालत जाँदै पल शाह « Khabarhub

उच्च अदालत जाँदै पल शाह


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।

नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत जान लागेका हुन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिन जाने कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ ।

पल जिल्ला कारागार तनहुँको बी ब्लकमा छन् । उनीसँगै बी ब्लकमा १४० जना कैदीबन्दी छन् । बी ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २ सय ५८ जना छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ४९ बजे

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने

जोरायलले संरक्षण गर्दै बासमती धान

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको