दुई पक्षबीच तनावपछि विवेकशील साझाको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द « Khabarhub

दुई पक्षबीच तनावपछि विवेकशील साझाको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

मंगलबार पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताए। उनले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफूहरुले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गरे। उनले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पारे।

त्यस्तै संस्थापन पक्षका नेता सरदराज पाठकले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको बताए। पार्टीको विधि विधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उनले लगाए। आफू अनुकुलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक विकृति उत्पन्न गर्न खोजेको धारणा राखे।

विवाद पछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुईपक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ३२ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री