मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड | Khabarhub Khabarhub

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- प्रदेश लोकसेवा आयोग सुर्खेत अन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । 

प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे ।  

मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौँ खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले बताए । 

उनका अनुसार अन्य जिल्लाभन्दा मुगुमा निजामती कर्मचारी रहेको र मुगुमा निजामती कर्मचारी बढाउन पनि आयोग कार्यालय स्थापना गर्नु पर्ने बताए ।  

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाले संघको आयोगले हुम्ला र डोल्पामा परीक्षा केन्द्र राख्ने हुँदा कार्यालय पनि खुलेकाे बताए । सचिव थापाले भने, ‘प्रदेश लोकसेवा आयोग ऐन २०७५ कर्णालीका सबै जिल्लामा कार्यालय स्थापना गर्नेगरी बाटाे खाेलेको छ ।’ 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ३७ बजे

पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर– पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान गरिएको छ ।

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ