वैशाखबाट छायांकन गर्ने तयारीमा निर्देशक भट्टराई « Khabarhub

वैशाखबाट छायांकन गर्ने तयारीमा निर्देशक भट्टराई


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जात्रा सिरिज मार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याई सकेका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्मको तयारी थालेका छन् । स्क्रिप्टको काम सकाएर छायांकनको तयारी गरिरहेको उनले बताए । ‘हामी वैशाखमा छायांकनमा जाने तयारीमा छौँ । संवत तेस्रो साताबाट छायांकनमा जान्छौँ’ निर्देशक भट्टराईले भने । उनले फिल्मको टाइटल सहित सम्पूर्ण टिमलाई यसै साता परिचय गराउने समेत बताए ।

‘हामी फिल्मको टाइटलसँगै अन्य जानकारी पनि दिनेछौँ । रिलिजका लागि समेत छलफल गर्दैछौँ’ निर्देशक भट्टराईले भने । जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रै जात्रालाई पनि दर्शकले रुचाइसकेका छन् । यसैले गर्दा पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनले बताए ।

‘डेब्यु फिल्म मार्फत नै पाइरहेको सफलताले म माथि जिम्मेवारी थपिएको छ । सफलता त व्यवसायिकता भयो नै मैंले दर्शक माँझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनु पर्ने छ’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिज भन्दा बाहिरको टाइटलमा फिल्म गर्दैछन् । उनले चलचित्र विकास बोर्डमा समेत टाइटल दर्ता गराई सकेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ५१ बजे

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण