राप्रपासँग एकीकरण प्रयासले विवेकशील साझामा विवाद, अध्यक्ष मिश्र अल्पमतमा परेको दाबी गर्दै कार्यालय बन्द | Khabarhub Khabarhub

राप्रपासँग एकीकरण प्रयासले विवेकशील साझामा विवाद, अध्यक्ष मिश्र अल्पमतमा परेको दाबी गर्दै कार्यालय बन्द


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपासँग पार्टी एकीकरणको विषयलाई लिएर विवेकशील साझा पार्टीभित्रको विवाद झडपसम्म पुगेको छ।

अल्पमतमा परेका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपासँग पार्टी एकीकरण गर्न लागेको भन्दै आज असन्तुष्ट पक्षले पार्टी केन्द्रीयमा नाराबाजी गरे।

पार्टी कार्यालय बखुण्डोलका अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबीच झडप भएपछि कार्यालय अनिश्चतकालका लागि बन्द गरिएको छ।

यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताए। उनले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफूहरुले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गरे। उनले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पारे।

असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘असक्षम पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीलाई निरन्तरता दिने पक्षमा छैनन् । उनी पार्टीको आत्मालाई लत्त्याएर विशुद्ध निजी स्वार्थका लागि विवेकशील साझामा प्राप्त राजनीतिक पुँजी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील छन् ।’

असन्तुष्ट समूहको तर्फबाट मिश्रमाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा पनि पत्राचार गरिएको छ । उक्त पत्रमा बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर रहेको नेता अधिकारीले दाबी गरे ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : १८ बजे

प्रचण्डले कांग्रेस नेताहरूलाई सोधे- हामीसँग मिल्दा गठबन्धन पाप हो भन्ने अहिले कता हुनु हुन्छ ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार

म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयन

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी गरिएको

चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको

हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन

मनहरी– आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चित कालका

संसदमा सुमनाको आग्रह- पैलेरै विधेयक अघि बढाउने काम नगरौँ

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका