ओस्कारको मञ्चमै झापड हानेका विल स्मिथले मागे माफी « Khabarhub

ओस्कारको मञ्चमै झापड हानेका विल स्मिथले मागे माफी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्दपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेका थिए । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने ।

यद्दपि अभिनेता स्मिथले माफी मागेका छन् । जेडाको स्वास्थ्य अवस्थाको बारेमा गरिएको ठट्टा आफ्नो लागि असह्य भएको र चाँडै प्रतिक्रिया जनाएको उल्लेख गर्दै स्मिथले सामाजिक सञ्जाल मार्फत नै माफी मागेका छन् । माफी माग्दै उनले आफू सबैखाले हिंसाको विरुद्ध रहेको उल्लेख समेत गरेका छन् । ‘क्रिस, म सार्वजनिक रुपमा तिमीसँग भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैंले गरेको कार्य मैंले बन्न चाहेको मान्छेको सूचक थिएन । प्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन ’ उनले लेखेका छन् ।

अभिनेता स्मिथले ओस्कार अवार्डमा आफ्नो व्यवहार अस्वीकार्य र अक्षम्य रहेको समेत निष्कर्ष निकालेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई थप्पड हानेका थिए । उनले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति सार्वजनिक रुपमै माफी मागेका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : १३ बजे

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका