रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो « Khabarhub

रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युद्ध अन्त्य गर्ने विषयमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा भएको प्रत्यक्ष शान्तिवार्ता सकिएको छ । वार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् ।

जर्मनीको टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएअनुसार रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भन्दै युद्ध अन्त्य गर्ने आशा बढाएको टिप्पणी गरेको छ । चार घण्टासम्म चलेको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलले पनि वार्तालाई सकारात्मक भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको सम्भावना बलियो बनेको प्रतिक्रिया दिएको छ ।

वार्तापछि युक्रेनी प्रतिनिधिमण्डलले पत्रकारहरुलाई बताअनुसार सुरक्षा ग्यारेन्टी भएको खण्डमा युक्रेनले तटस्थताको स्वीकार गर्नेछ । नयाँ सुरक्षा व्यवस्थाअनुसार टर्की, इजरायल, पोल्याण्ड र क्यानाडाले युक्रेनी सुरक्षाको ग्यारेन्टी लिनुपर्नेछ ।

यस व्यवस्था अनुसार युक्रेनले आफ्नो भूमिमा कुनै विदेशी सैनिक आधार स्थापना गर्न नदिने बाचा समेत गरेको छ । साथै सन् २०१४ मा रुसले आफूमा गाभेको क्राइमियाका विषयमा पनि छलफल गर्न तयार रहेको युक्रेनी पक्षको भनाइ छ ।

यता रुसी वार्ता टोलीका प्रतिनिधि भ्लादिमिर मेदिन्स्कीले भने दुबै मुलुकका विदेशमन्त्रीले शान्ति सम्झौतालाई मान्यता दिएको खण्डमा मात्रै दुई राष्ट्रपतिबीच भेटवार्ता हुने बताएका छन् ।

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभ र चेर्निभ शहरमा सैनिक आक्रमणको स्तरमा व्यापक कमी ल्याउने बताएका थिए ।

यो वार्ता दोश्रो दिन पनि जारी रहने वा नरहने भन्ने अझै स्पष्ट नभइसकेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ५५ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका