विश्व इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासदेखि प्यालेस्टाइनीमाथि इजरायलको दमनसम्म  « Khabarhub

विश्व इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासदेखि प्यालेस्टाइनीमाथि इजरायलको दमनसम्म 


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

रोनाल्ड रेगनको हत्या
सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या प्रयास भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटेलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक रुपमा बिमारी भनिएका आक्रमणकारीले  राष्ट्रपतिको हत्या गरेर ‘प्रख्यात’ हुने आफ्नो आशय रहेको बताएका थिए ।

अमेरिकाले किन्यो रुसबाट अलास्का 
सन् १८६७ मा अमेरिकाले रुसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रुससँग किनेको थियो ।

ट्रिटी अफ पेरिसमा हस्ताक्षर
सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रुसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।

जिओपार्डीको पहिलो प्रसारण
सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

प्यालेस्टाइनीमाथि इजरायलको दमन
सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृत्यु हुनुका साथै दर्जनौँ  घाइते भएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ५४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको