जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने « Khabarhub

जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

२५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो  । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खोप लगाउन १ सय ९१ टोली परिचालन गरिनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 

जुम्लामा चार वर्षमा टाइफाइडका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ९ सय ७८, आव २०७६/७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : १० बजे

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको