आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित « Khabarhub

आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको स्तर घटाउने रुसी घोषणालाई विश्वास गरिहाल्ने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच प्रत्यक्ष द्विपक्षीय शान्ति वार्ता जारी रहेका बेला रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले राजधानी किभ र चेर्निभ शहर आसपास रुसले आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए ।

नियमित भिडियो सन्देशका क्रममा जेलेन्स्कीले भने, ‘छलफलमा हामीले सुनेका यस्ता संकेतलालाई सकारात्मक भन्न सकिन्छ ।’ उनले थपे– ‘तर यस्ता संकेतले ठूलो आवाजमा पड्किने रुसी गोलालाई शान्त पार्दैनन् ।’

उनले युक्रेनी सेनाले रुसको हात बाँधिदिएको टिप्पणी समेत गरे । ‘हामीले हाम्रो रक्षा गर्न छाड्नुहुन्न किनकी आक्रमणकारी फौजले फेरि आक्रमण गर्न सक्छ ।’

‘युक्रेनीहरु मूर्ख छैनन्’ उनले भने, ‘युक्रेनीहरुले विगत ३४ दिनको आक्रमण र विगत ८ वर्ष डोनबासमा भएको युद्धबाट ठोस नतिजामा मात्रै विश्वास गर्नुपर्छ भन्ने सिकेका छन ।’

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ४६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु