बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो : प्रधानमन्त्री देउवा « Khabarhub

बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो : प्रधानमन्त्री देउवा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रहरुले श्रोत–शक्ति जुटाएर बिमस्टेकलाई नयाँ जीवन दिनुपर्ने बताए ।

कोरोना महामारीबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न बिमस्टेकले भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै उनले दिर्घकालिन आर्थिक र सामाजिक विकासको सुनिश्चिता गर्नुपर्ने बताए ।

समावेशी रिकभरी योजना अवलम्बन गर्नूपर्नेमा उनले जोड दिएका थिए । भ्याक्सिनमा पहुँच, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाको विस्तारसँगै संरचनात्मक सुधार र भौतिक र मानव पुँजीमा गुणस्तरीय लगानी गनुपर्ने उनले जनाए ।

बिमस्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनता–जनता बीचको सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा कदम चाल्नुपर्ने समेत उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ३८ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर