बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो : प्रधानमन्त्री देउवा « Khabarhub

बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो : प्रधानमन्त्री देउवा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रहरुले श्रोत–शक्ति जुटाएर बिमस्टेकलाई नयाँ जीवन दिनुपर्ने बताए ।

कोरोना महामारीबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न बिमस्टेकले भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै उनले दिर्घकालिन आर्थिक र सामाजिक विकासको सुनिश्चिता गर्नुपर्ने बताए ।

समावेशी रिकभरी योजना अवलम्बन गर्नूपर्नेमा उनले जोड दिएका थिए । भ्याक्सिनमा पहुँच, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाको विस्तारसँगै संरचनात्मक सुधार र भौतिक र मानव पुँजीमा गुणस्तरीय लगानी गनुपर्ने उनले जनाए ।

बिमस्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनता–जनता बीचको सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा कदम चाल्नुपर्ने समेत उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ३८ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो