युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमण, १२ जनाको मृत्यु « Khabarhub

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमण, १२ जनाको मृत्यु


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो ।

आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर भिताली किम त्यहाँ नरहेको बीबीसीले जनाएको छ ।

रुसी फौजको हवाई आक्रमणमा अरु २२ जना घाइते भएको युक्रेनी गृहमन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । डेनमार्कको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘माइकोलाइभ क्षेत्रमा कुनै सैनिक निशाना थिएनन् । माइकोलाइभका बासिन्दाबाट रुसलाई कुनै खतरा थिएन ।’

यता क्षेत्रीय गभर्नर भिताली किमले भने उक्त भवनमा मानिसहरु आउने कुरेर बसेका रुसी फौजले धेरै जनाको हुलमुल भएपछि आक्रमण गरेको आरोप लगाएका छन् । ‘म धेरैबेर सुतेको थिएँ । तर भाग्यमानी साबित भएँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘अधिकांश मानिसहरु चामत्कारिक हिसाबले भागे । तर, कसरी मलाई थाहा छैन ।’

केही सातायता युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेका छन् । युक्रेनी प्रतिरोधको सामनाबाट हतास बनेका रुसी फौजले यस्ता गैरसैनिक एवम् नागरिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  २ : २७ बजे

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक