इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु « Khabarhub

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो ।

सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् ।

घटनाका क्रममा खिचिएका भिडियोमा कालो वस्त्र लगाएको बन्दुकधारीले मानिसहरुमाथि जथाभावी गोली चलाएको देखिन्छ । प्यालेष्टाइनको वेष्ट ब्याङ्कस्थित जेनिन भन्ने स्थानमा बसोबास गर्ने २६ वर्षीयले गोलीकाण्ड मच्चाएको जनाइएको छ ।

बन्दुकधारी यसअघि पनि इजरायली कारागार चलान भइसकेको पूर्व कैदी रहेको बबीसीले जनाएको छ ।

पछिल्लो एक सातामा इजरायलमा भएको यो तेश्रो आक्रमण हो ।

आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री नफ्तलाई बेन्नेटले आकस्मिक सुरक्षा बैठक डाकेका छन् । ‘इजरायलले प्राणघातक अरब आतंकवादको सामना गरिरहेको छ ।’ बेन्नेटले भने ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : ०७ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा