कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन « Khabarhub

कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उनले निर्देशन दिए ।

स्थानीय तहको निर्वाचन प्रतिबद्धता-पत्र तयारी कार्यशालालाई सम्बोधन गर्दै उनले भने- ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ । एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ।’

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारे । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी भएका थिए।

तस्बिर: फेसबुक/बिष्णु रिजाल

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : १७ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो