महिलाले लगाउने हिल जुत्ताबारे जापानमा ‘कुटू’ अभियान « Khabarhub

महिलाले लगाउने हिल जुत्ताबारे जापानमा ‘कुटू’ अभियान


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानमा महिलाले कार्यस्थलमा हिलजुत्ता लगाउनुपर्ने परम्परालाई लिएर बहस शुरु भएको छ ।

कार्यस्थलमा हिलजुत्ताको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने भन्दै जापानी सामाजिक अभियन्ताहरुले सामाजिक सञ्जालको ह्यासट्यागमा ‘कुटू’ नामक अभियान शुरु गरेका हुन् । कुटू शब्द जापानी भाषामा कुत्सु अर्थात् जुत्ता तथा पीडा अर्थात् कुत्सुउ नामक शब्दबाट बनेको हो ।

हिलजुत्तालाई निरुत्साहित गर्न अभियन्ताहरुले अनलाइनमा आवेदन समेत शुरु गरेका छन् भने उक्त आवेदनमा २१ हजारभन्दा धेरै अनलाइन हस्ताक्षार संकलन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५–७ सेन्टिमिटर अग्लो हिलजुत्ता लगाउँदा महिलाको खुट्टाको असर पर्ने भन्दै यस्तो अभियान शुरु गरिएको हो । जापानमा सबै कम्पनी वा रोजगारदाताले महिलालाई हिलजुत्ता लगाउन अनिवार्य नगरे पनि सामाजिक परम्पराअनुसार जापानमा काम गर्ने महिलाले हिलजुत्ता लगाउने गरेका छन् ।

यता जापानको स्वास्थ्यमन्त्रीले भने हिलजुत्तालाई उचित र आवश्यक रहेको जनाएका छन् । जापानका स्वास्थ्यमन्त्रीले संसद्को समितिमा विपक्ष सांसद्हरुको प्रश्नको जवाफ दिँदै जापानी स्वास्थ्यमन्त्री ताकुमी नेमोतोले यस्तो पोसाक उचित र आवश्यक रहेको जनाएका हुन् ।

यद्यपि उनले कुनै रोजगारदाताले महिलालाई हिलजुत्ता लगाउन अनिवार्य गरेमा भने त्यस्तो कदम शक्तिको दुरुपयोग हुने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ५१ बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न