महिलाले लगाउने हिल जुत्ताबारे जापानमा ‘कुटू’ अभियान | Khabarhub Khabarhub

महिलाले लगाउने हिल जुत्ताबारे जापानमा ‘कुटू’ अभियान


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानमा महिलाले कार्यस्थलमा हिलजुत्ता लगाउनुपर्ने परम्परालाई लिएर बहस शुरु भएको छ ।

कार्यस्थलमा हिलजुत्ताको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने भन्दै जापानी सामाजिक अभियन्ताहरुले सामाजिक सञ्जालको ह्यासट्यागमा ‘कुटू’ नामक अभियान शुरु गरेका हुन् । कुटू शब्द जापानी भाषामा कुत्सु अर्थात् जुत्ता तथा पीडा अर्थात् कुत्सुउ नामक शब्दबाट बनेको हो ।

हिलजुत्तालाई निरुत्साहित गर्न अभियन्ताहरुले अनलाइनमा आवेदन समेत शुरु गरेका छन् भने उक्त आवेदनमा २१ हजारभन्दा धेरै अनलाइन हस्ताक्षार संकलन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५–७ सेन्टिमिटर अग्लो हिलजुत्ता लगाउँदा महिलाको खुट्टाको असर पर्ने भन्दै यस्तो अभियान शुरु गरिएको हो । जापानमा सबै कम्पनी वा रोजगारदाताले महिलालाई हिलजुत्ता लगाउन अनिवार्य नगरे पनि सामाजिक परम्पराअनुसार जापानमा काम गर्ने महिलाले हिलजुत्ता लगाउने गरेका छन् ।

यता जापानको स्वास्थ्यमन्त्रीले भने हिलजुत्तालाई उचित र आवश्यक रहेको जनाएका छन् । जापानका स्वास्थ्यमन्त्रीले संसद्को समितिमा विपक्ष सांसद्हरुको प्रश्नको जवाफ दिँदै जापानी स्वास्थ्यमन्त्री ताकुमी नेमोतोले यस्तो पोसाक उचित र आवश्यक रहेको जनाएका हुन् ।

यद्यपि उनले कुनै रोजगारदाताले महिलालाई हिलजुत्ता लगाउन अनिवार्य गरेमा भने त्यस्तो कदम शक्तिको दुरुपयोग हुने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ५१ बजे

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा – विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा

भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण

इस्लामाबाद– कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले

सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत

गण्डकी– कास्की, स्याङ्जा र तनहुँका भू-भाग समेटर बग्ने सुरौदी खोलाको