एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर गर्दैन : उपाध्यक्ष पौडेल | Khabarhub Khabarhub

एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर गर्दैन : उपाध्यक्ष पौडेल


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन्।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट पारे। पौडेलले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायलयलाई दुरुपयोग गरेर,मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए। उनले गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हासिल गर्ने दाबी गर्दै एमालेले गरेका ठूला ठूला विकास निर्माणका कामहरुलाई जनता समक्ष ल्याउन सञ्चारकर्मीहरुलाई आग्रह गरे। उपाध्यक्ष पौडेलले अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने बताए ।

उपाध्यक्ष पौडेलले गठबन्धनको पट्का पड्काएर एमालेलाई चुनावमा तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ३९ बजे

प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय

नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन्

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या

दार्चुला– शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो

जलेश्वर– महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए