‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १४० विद्यालय छनौट « Khabarhub

‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १४० विद्यालय छनौट


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनौट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ल्याइएको यो कार्यक्रमका लागि विद्यालयहरू छनोट गरिएको हो ।

आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना निकालेर निर्देशक समितिको बैठकले छनौट गरेको विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।

कार्यविधिअनुसार यो कार्यक्रमअन्तर्गत छनौट हुने विद्यालयका विद्यार्थीले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउने केन्द्रले जनाएको छ ।

यसका साथै, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन् ।

यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो । केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : ५७ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा