घरको पूजा कोठा कुन दिशामा स्थापना गर्ने ? « Khabarhub

घरको पूजा कोठा कुन दिशामा स्थापना गर्ने ?


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पूजापाठ गर्नका लागि घरमा मन्दिर तथा पूजा गर्ने स्थान बनाउने परम्परा पुरानो समयदेखि चलिआएको हो । तपाईंले घरमा स्थापना गर्नु भएको मन्दिरका विषयमा शास्त्रमा केही नियम उल्लेख छन् । तपाईंको पूजा कोठा अर्थात मन्दिर कुन दिशा, कस्तो स्थानमा छ ? यसले पनि विशेष महत्व राख्छ । मन्दिरसँग सम्बन्धित केही यस्ता तथ्य छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

१) घरमा मन्दिर पूर्व अथवा उत्तर दिशाको ईशान कोण (उत्तर-पूर्व) मा स्थापना गर्नुपर्छ । वास्तुशास्त्रअनुसार इश्वरीय शक्ति ईशान कोणबाट प्रवेश गर्छ र नैऋत्य कोण (पश्चिम-दक्षिण) बाट बाहिर निस्कन्छ । यदि यो सम्भव भएन भने पश्चिम दिशामा पनि तपाईंले मन्दिर स्थापना गर्न सक्नु हुनेछ । तर, दक्षिण दिशामा मन्दिर बनाउनु फलदायी हुँदैन ।

२) पूजा गर्ने व्यक्तिको मुहार पश्चिम दिशातर्फ फर्किएको छ भने शुभ हुनेछ । यसका लागि मन्दिरको ढोका पूर्व दिशातर्फ हुनु पर्छ ।

३) घरको मन्दिरमा हरेक दिन बिहान तथा साँझ अगरबत्ती तथा दियो बाल्नु होला । दियो अर्थात दीप बाल्नाले घरका थुप्रै वास्तु दोष काटिने छन् ।
४) तपाईंको घरमा शौचालय र पूजा गर्ने मन्दिर तथा स्थान नजिक-नजिक हुनुहुँदैन ।

५) पूजास्थलको छेउमा थोरै स्थान खुल्ला पनि हुनु पर्छ । पूजा सकेपछि पनि केही बेर ध्यान गर्न आवश्यक छ ।

६) मन्दिरसँगै त्यसको छेऊमा पूजा सामाग्री, धार्मिक पुस्तक, शुभ वस्तुहरु राख्नु पर्दछ । घरका अन्य सामान भने मन्दिर रहेको स्थानमा नराख्नु होला ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ४६ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि

कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार