युद्धका कारण रुस र युक्रेनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने प्रक्षेपण « Khabarhub

युद्धका कारण रुस र युक्रेनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने प्रक्षेपण


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युरोपमा युद्धमा होमिएका दई मुलुकहरु रुस र युक्रेनको अर्थतन्त्रमा यस वर्ष ठूलो धक्का लाग्ने प्रक्षेपण गरिएको छ । पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कूल ग्राहस्थ उत्पादन जीडीपी २० प्रतिशतले सङ्कुचित हुनेछ।

अर्धवार्षिक क्षेत्रीय आर्थिक रिपोर्ट सार्वजनिक गर्दै लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट इबीआरडीले यस्तो प्रक्षेपण गरेको हो । इबीआरडीका अनुसार दुई देशबीचको युद्धले ५० वर्षका लागि ‘सबैभन्दा ठूलो आपूर्ति झट्का’ निम्त्याउनेछ।

‘अहिले ६० प्रतिशत युक्रेनी कूल ग्राहस्थ उत्पादन हुने भूभागमा युद्ध भइरहेको छ ।’ इबिआरडीको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, युक्रेनका ३० प्रतिशत व्यापारहरु बन्द भइसकेको र विद्युत खपत युद्धअघिको तुलनामा ६० प्रतिशतले कमी आएको जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि इबीआरडीले यो वर्ष युक्रेनी जीडीपी ३ दशमलब ५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ४२ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने