चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छ : प्रधानमन्त्री देउवा « Khabarhub

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छ : प्रधानमन्त्री देउवा


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट परेका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४ औँ वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट पारेका हुन् । गठबन्धनमा रहेको सबै दलको सहयोगमा आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्ने धारणा राखे। आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने उनको भनाइ छ । त्यस्तै उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए। देउवाले मिडियाका मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए। गठबन्धन आवश्यकताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने उनको भनाइ छ । प्रचण्डले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे। खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयनको लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेललाई रिपोटर्स क्लव पत्रकारिता पुरस्कार, हिमालयन टेलिभ्वाईस न्युज एजेन्सीका क्यामराम्यान सुप्रीम बखुञ्चेलाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार तथा अन्य पत्रकारलाई सम्मान गरिएको थियो भने डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ३२ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको