टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’ « Khabarhub

टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुलेहाबेर टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् ।

यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता भएको थियो । अन्तरवार्ताका क्रममा विदेशमन्त्री चाभुसोग्लुले इस्तानबुल शान्ति वार्तामा भएका सहमतिको कार्यान्वयन टर्कीले नदेखेको समेत बताए । यद्यपि वार्ताबाट केही उपलब्धि भने हासिल भएको उनको भनाइ छ ।

इस्तानबुलमा भएको शान्ति वार्ताका क्रममा रुस र युक्रेनका वार्ताटोली बीच रुसले युक्रेनमा आक्रमणको स्तरमा कमी ल्याउने तथा युक्रेनले सुरक्षा ग्यारेन्टी भएको खण्डमा तटस्थताको नीति अपनाउने सहमति भएको थियो । यद्यपि युक्रेनले भने रुसले उक्त सहमति कार्यान्वयन नगरेको र आक्रमणलाई जारी राखेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको