रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै « Khabarhub

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्।

युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निर्णयमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो।

योसँगै युरोपमा ऊर्जा संकटको जोखिम बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ।

युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो।

एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ। रुसको पहिल्लो निर्णयले यूरोपमा ऊर्जाको अभाव हुने देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : २३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी