स्टार्क चम्किंदा अष्ट्रेलियाको लगातार दोस्रो जित « Khabarhub

स्टार्क चम्किंदा अष्ट्रेलियाको लगातार दोस्रो जित


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधी दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।

विहीबार वेष्ट इण्डिजमाथि १५ रनको रोमान्चक जित हात पार्दै अष्ट्रेलियाले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नटिङघममा अष्ट्रेलियाले दिएको २८९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो ।

वेष्ट इण्डिजका साई होप र कप्तान जासन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । निकोलस पुरनले ४० तथा क्रिस गेल र शिम्रोन हिटमायरले २१-२१ रन बनाए ।

वेष्ट इण्डिजलाई रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका स्टार्कले १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए । यस्तै पाट कुमिन्सले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस बाहेक अष्ट्रेलियाका एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ तथा उस्मान ख्वाजाले १३ रनको योगदान गरे । वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट हात पारे । यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान २-२ विकेट हात पारे ।

जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजको यो पहिलो हार हो । वेष्ट इण्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएको थियो । वेष्ट इण्डिजको २ खेलबाट २ अंक रहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : ११ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती