रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ « Khabarhub

रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गर्न पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको महासचिवले जनाएका छन् । युक्रेनमा आक्रमणलाई निरन्तरता दिन रुसी फौज पुनर्ताजगी एवम् पुनवर्गीकरणमा लागेको उनको भनाइ छ ।

‘हाम्रो गोप्य जानकारीअनुसार रुसी फौज पछि हटिरहेका छैनन्, बरु पुनतयारी गरिरहेका छन् ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ, ‘साथै रुसले किभ र अरु शहरमा पनि दबाब कायमै राखेको छ । त्यसैले हामी नयाँ आक्रमणका साथै यसबाट उत्पन्न हुने थप पीडाको अपेक्षामा छौं ।’

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभचेर्निभ क्षेत्रमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए । तर, स्टोल्टेनबर्गले भने रुसको सैनिक उद्देश्य भने परिवर्तन भएको बताए ।

‘हामीले शहरहरूमा निरन्तर गोलाबारी देखिरहेका छौं र रुसले आफ्ना केही सैनिकलाई यताउति सारेर पुनस्थिती गरिरहेको छ, डोनबास क्षेत्रमा थप प्रयास गर्नका लागि हुनसक्छ ।’ उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ३६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो