भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै « Khabarhub

भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डस्ट्री लीकको अनुसार भिभोले भिश्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

भि २३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि २३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन् । भि श्रृंखलाका फोन भएकाले सेल्फीक्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ ।

हल्लाअनुसार भिभो भि २३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटो फोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भिसिरिजको स्मार्टफोनले उपभोक्ताहरू माझ हलचल मच्चाइ रहेको छ । भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलीरहेको छ ।

यसबाहेक, भिभोले पछाडिपटि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्त ुबनाएको हल्ला छ । कोही भन्छन् कि यसको रुप–रंग एक साँचो दृश्य आनन्द हुनेछ जसले स्मार्टफोन डिजाइनको कथालाई रूपान्तरण गरेको छ । ब्रान्डले वास्तवमै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिश सुविधाहरू ल्याइरहेको छ । स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ ।

हालसम्म, भिभोको आगामी स्मार्टफोनको बारेमा यतिमात्रै खुलासा भएको छ । भि २३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ ।

भिभोको भिसिरिजका स्मार्टफोनहरूले ग्राहकहरूमाझ लोकप्रियताको हिसाबले आशाजनक वृद्धि देखाएको छ । यो मुख्यतया भिभोको प्रचण्डक्यामेरा नवीनता, अत्याधुनिक प्रविधि, सधैं विकसित हुने डिजाइन र अर्थमय कार्यसम्पादनको कारण हो । ब्रान्डले उपभोक्ताको मागमा केन्द्रित रहँदै उनीहरुले स्मार्टफोन माखोज्ने कुरालाई सही रूपमा प्रस्तुत गरेको छ । भिभोले गहन बजार अनुसन्धान र विश्लेषण पछि मात्र उच्च गुणस्तरका सुविधा भएका उत्पादनहरु ल्याउँछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ५७ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान