जेलेन्स्कीद्वारा दुई ‘देशद्रोही’ सैनिक अधिकारी बर्खास्त « Khabarhub

जेलेन्स्कीद्वारा दुई ‘देशद्रोही’ सैनिक अधिकारी बर्खास्त


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका दुई ‘देशद्रोही’ अधिकारीलाई बर्खास्त गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य विभागका प्रमुख नाउमोभ आन्द्रे ओलेहोभिचलाई बर्खास्त गरेको जनाएका हुन् । त्यस्तै, उनले खेर्सन क्षेत्रमा एसबीयूका प्रमुख क्रिभोरुच्को शेरी ओलेक्सान्द्रोभिचलाई पनि बर्खास्त गरिएको बताए ।

दुबै जनालाई जेलेन्स्कीले ‘खलनायक’ को संज्ञा समेत दिए । यी दुबै सुरक्षा अधिकारीले मुलुकको ‘स्वतन्त्रता एवम् आत्मनिर्भरता’ को रक्षा गर्न असफल भएको उनले बताए ।

‘अहिले मसँग सबै देशद्रोहीलाई दिने समय छैन तर विस्तारै सबैलाई तह लगाइने छ ।’ उनले भने । त्यसपछि चेतावनी स्वरुप उनले भने, ‘आफ्नो मातृभूमि कहाँ हो भन्ने निर्णय नगरेका’ र ‘युक्रेनप्रति बफादारिताको’ उल्लङ्घन गर्ने वरिष्ठ सैनिक अधिकारीलाई पनि पदमुक्त गरिनेछ ।

‘यस्ता जर्नेलहरू यहाँ काम छैनन् ।’

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ५७ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु