प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा (भिडियोसहित)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

तीनदिने भारत भ्रमणका गएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री भट्टले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नेछन् ।

उनीहरूबीचको भेट होटल आईटीसी मौर्यमा हुनेछ ।

शनिवार बिहान १०: ४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

देउवा ११: १० बजे हैदरावाद हाउस पुग्ने छन् ।

प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता दिउँसो १२:१५ बजे हैदरावाद हाउसमा हुनेछ ।

भेटवार्तापछि जयनगर–कुर्था रेलको शुभारम्भ गरिनेछ ।

द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ ।

शनिवार दिउँसो ४ : ३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग देउवाको भेटवार्ता हुनेछ ।

आइतवार बिहान ९ बजे बनारसमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा दिउँसो ४ बजे दिल्ली फर्किने र सवा ४ बजे स्वदेश फर्किने तालिका सार्वजनिक भएको छ ।

https://www.facebook.com/khabarhubofficial/videos/5232495456806337

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ११ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख