हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, १०९ घाइते « Khabarhub

हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, १०९ घाइते


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कैलाली र कंचनपुरमा बिहीबार रातिको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । दुवै जिल्लामा १०९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका २ मा लाहनु डगौराको मृत्यु भएको छ। त्यस्तै गोदावरी नगरपालिका ८ मा हावाहुरीमा परी वीरवहादुर चौधरीको मृत्यु भएको छ।

पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घाइते अधिकाशको सेती अस्पतालमा उपचार भइरहेकोछ।

हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३३ जना घाइते भएका छन्। गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।  हावाहुरीका कारण घर टहराको छाना उडेको छन् भने रुखहरु ढलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ ।

घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : ५६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव