लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० वर्षीया आयुषा ठकुरी रहेका छन् । प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ३६ बजे

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा