महको निर्देशनमा बन्यो 'अनुष्का' | Khabarhub Khabarhub

महको निर्देशनमा बन्यो ‘अनुष्का’


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मह जोडी अर्थात वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन् ।

साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने ‘अनुष्का’ लाई युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम, बिमल खड्का, विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगीता ढुङगाना, प्रतिभा ताम्राकारलगायतको अभिनय रहेको छ ।

हाँस्यरसमार्फत् चेतना जगाउँदै आएको महजोडीले पछिल्लो समय सिरियल बाहेक पनि छोटा फिल्ममार्फत् यसलाई निरन्तरता दिएका छन् ।

अनुष्कामा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, गोकुल अधिकारीको छायांकन, हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ भने यसलाई मदनकृष्ण श्रेष्ठले हरिवंशसँग मिलेर निर्देशन गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : २१ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन