नेपाल(अंग्रेज युद्ध नेपालले जित्न नसकेको पारिणाम धेरै पीडादायक छ। यद्द्यपी, नेपालले युद्ध जित्न धेरै प्रयास गरेको थियो। युद्ध र चुनावको नतिजा भनेको कि हार कि जीत नै हो। यदी युद्धको व्यवस्थापन सही भएन भने असल, राम्रा र बलिया पक्षको पनि हार हुन सक्छ। नेपाल अंग्रेज युद्ध हार्नुका कारण अघिल्लो लेख मा प्रस्तुत गरी सकेकोले त्यो हार बाट नेपालले भोग्नु परेका राम्रा र कमजोर पारिणामहरुलाई यो लेखमा समेटिएको छ ।
सकारात्मक पक्ष
(क) आफुभन्दा बलियो र आधुनिक युद्ध सामाग्रीले सुसज्जित शक्तिसँग युद्ध लडेकोले सुगौली सन्धि पछिको दिनहरूमा नेपाली सेनामा पेशागत तालिम शुरु गरियो । सेनालाई ब्यारेकमा राखि छाउनी खडा भए । सैनिक मुख्यालयको स्थापना, स्वयम्भु बारुद खाना आदी खडा भए । फ्रान्सबाट सैनिक अधिकृतहरू झिकाई फेरि पनि आधुनिक तालिम दिईयो । सैनिक सुबिधा बढाईयो । संख्यात्मक भन्दा गुणात्मक सेना बनाउन, नेपाली सेनाको संख्या कटौती गरी चुस्त प्रकारको सेना राखियो ।
(ख) युद्धकै बेला अंग्रेज तथा भारतीय मुलका अंग्रेज फौजसँगको सम्पर्कबाट नेपाली सेनामा शिक्षा, सभ्यता, औषधी उपचार, खानपिन, लवाई खुवाई आदिमा सामाजिक चेतना बढ्यो ।
जन धनको क्षति हुनु युद्धको विशेषता नै हो । यस युद्धमा नेपालले भक्ति थापा, हस्तिदल शाहलगायतका हजारौं वीर तथा वीरंगना गुमायो । नालापानी, जैथक र मलाउंको किल्लाबाट सयौ नेपाली वीरंगना नारीहरूसमेत लडेका थिए
(ग) सेनामा रहेका पुराना काजी ग्रुप र नयाँ जर्नेली ग्रुपको हानाथापको अन्त्य भयो । पुराना काजी ग्रुपका प्रायः सबैले सेनाबाट अवकाश लिए । अव जर्नेल–कर्नेल समुहको मात्र सेनामा पकड रह्यो । जे जसो गरेता पनि एकतामा बल भन्ने सिद्ध भयो ।
(घ) युद्धमा हार–जीत हुनु शास्वत सत्य हो । युद्ध हारे पनि नेपालीको लड्ने सीप, निडरपन, बहादुरीलाई अंग्रेजमार्फत अन्य युरोपेली मुलुकले समेत थाहा पाए । यहींबाट नेपालीलाई “बहादुरहरूको बहादुरीको” रुपमा गणना गर्न थालियो ।
(ङ) नेपाली सेनाको भन्दा इस्ट इन्डिया कम्पनीको सैनिक सुबिधा राम्रो थियो । त्यसै गरी त्यहाँ पश्चिम मुलुकको सामाजिक सभ्यता झल्कन्थ्यो पनि । उनीहरू शिक्षित थिए, त्यहाँ जातपात थिएन । त्यस्ता देशबाट तालिम प्राप्त नेपाली लाहुरेहरूले ब्रिटिस सेनामा भर्ना भई अन्तत नेपालकै आर्थिक, सामाजिक, राजनैतिक तथा शैक्षिक क्षेत्रमा परिवर्तन ल्याए । जहाँ जहाँ लाहुरेहरूको घना बसोबास छ, त्यहाँ अहिले पनि नेपालीहरूको राम्रो अनुशासन, सच्चाईं, शिक्षा, सरसफाई, सम्मान जस्ता उत्कृष्ठ सभ्यता देखिन्छ । त्यो नेपाल अंग्रेज युद्धपछि विकास हुंदै गएको सकारात्मक पाटो हो ।
कमजोरी पक्ष
(क) पुर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म भएको बृहत नेपालको करिव आधा भु–भाग युद्धको कारणले छाड्नु प¥यो । जुन नेपालीको लागि ठुलो पीडा बन्यो । राजा द्रब्य शाह, राजा राम शाह, राजा नरभुपाल शाह, राजा पृथ्वीनारायण शाह, रानी राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाह समेतको नेतृत्व र प्रेरणाबाट एकीकृत बिशाल नेपाल तासको घर जस्तै भत्कियो ।
(ख) नेपाल–चीन–तिब्बत युद्धमा नेपालले चीनलाई ठुलो मालिकको रुपमा मानेर युद्ध अन्त गरेको थियो । त्यस युद्ध पछिका औपचारिक कागजपत्रमासमेत चीनको बादशाहले नेपालका राजालाई “मेरा नुनको सोझो गर्ने तिमी” जस्ता अपमानजनक शब्द राखी लेखापढी गरेको पाईन्छ । अब अंग्रेजसँगकोे युद्ध पछि अंग्रेजको झन्डै झन्डै दासत्व नै स्वीकार गर्नु पर्यो । जुन विरासत बि.सं.२००७ सालसम्म रहेको थियो ।
(ग) नेपाल अंग्रेज युद्ध अगाडिसम्म नेपालको सीमाना हाल मेची नदी नजिक रहेको बंगालको खाडीसम्म जोडिएर सामुुद्रिक मार्ग पाएको थियो । तर युद्ध पछि नेपालको सीमाना मेची नदी भएकोले सो सुबिधाबाट बन्चित भै नेपाल भूपरिवेष्टित बन्न पुग्यो । तल देखाईएको नेपालको नक्शाको पूर्व र पश्चिमपट्टि रहेको कालो रंगले इंगित गरेको क्षेत्र नेपाल–अंग्रेज युद्धमा नेपालले गुमाएको खण्ड हो । जस मध्ये पूर्व पट्टिको भागले हाल भारतमा रहेको गंगा सागर र बे अफ बंगाल छोएको छ । यदी यो भाग नगुमेको भए हाल नेपाल भूपरिवेष्टित देश हुने थिएन ।
घ) जन धनको क्षति हुनु युद्धको विशेषता नै हो । यस युद्धमा नेपालले भक्ति थापा, हस्तिदल शाहलगायतका हजारौं वीर तथा वीरंगना गुमायो । नालापानी, जैथक र मलाउंको किल्लाबाट सयौ नेपाली वीरंगना नारीहरूसमेत लडेका थिए । अर्को तर्फ हेर्ने हो भने त्यस युद्धमा नेपालले ठुलो धनराशी खर्च गर्नु परेको थियो ।
कुमाउ, नालापानी (खलंगा), जैथक, मलाउ, बुटवल, हरिहरपुर गढीको युद्धहरूमा हजारौ नेपाली वीरहरूको ज्यान गएको थियो । भक्ति थापा जस्ता महान योद्धाले वीरगति प्राप्त गरे
(ङ) सुगौलीको सन्धि पछि, जो युद्धबाट असन्तुष्ट थिए, थुप्रै नेपालीहरू नेपाली सेनाबाट अवकास लिई बिदेशीएका थिए । नालापानी युद्धका नायक बलभद्र कुंवरले त्यसको नेतृत्व गरी करिब २ कम्पनी फौज पंजाबको राजा रणजित सिंहकोमा नोकरी गर्न पुगे । उता बडाकाजी अमरसिंह थापा सैनिक नोकरीबाट सन्यास लिई केही समयको लागि सिन्धुपाल्चोक जिल्लाको भोताङ भन्ने ठाउंमा बस्न पुगे । पछि गोसाइकुण्ड गई ध्यान गर्दा गर्दै उनको त्यही मृत्यु भएको थियो ।
(च) अर्थोपार्जनको लागि भनेर जसरी परिभाषित गरिएतापनि नेपालीहरूले ब्रिटिस–इन्डियन आर्मीमा भर्ना हुने प्रचलन सुरु भयो । जुन राष्ट्रिय सम्मानको लागि राम्रो होइन । पहिलो र दोस्रो विश्वयुद्धमा त राणाहरूले खोजी खोजी नेपाली युवालाई ब्रिटिस सेनामा भर्ती हुन पठाए । यो प्रथा युद्धमा हारपछि नेपालीलाई जवरजस्ती थोपरीएको थियो । हालसम्म पनि नेपालीहरू त्यस प्रथाको विरासत बाट ब्रिटिस गोर्खा र भारतीय गोर्खाको नामबाट भारतीय र बेलायती सेनामा काम गर्दै आएका छन् ।
(छ) ब्रिटिसले कुमाउँ र सिक्किम लिएकोले उनीहरूले सिधै तिब्बतसँग व्यापार गर्न थाले । जसबाट नेपाललाई आर्थिक घाटा हुन गयो ।
(ज) राजा पृथ्वीनारायण शाहको समय वि.सं.१८०० देखि १८६६ सालसम्म नेपाल राष्ट्र एकीकरण युद्धमा र बीचमा नेपाल–तिब्बत युद्ध तथा नेपाल–चीन–तिब्बत युद्धमा व्यस्त थियो । पछि गएर अंग्रेजसँगको युद्धमा होमिनु पर्यो । सुगौली सन्धिपछि नेपाल कुनै पनि सैनिक कारवाहीमा संलग्न भएन, एक किसिमको फुर्सदी समय भयो । राजा नाबालक, रानीको हातमा शोषण र भारदारहरूको शक्ति हत्याउने महत्वकांक्षाले नेपाल विभिन्न खलकको राजनीतिक गुट र उपगुटमा बिभाजित भयो । Empty Vessel makes much sounds भनेझै काम नपाएका भारदारहरूको राजनीतिक खिचातानिले नेपालको राजनीति साह्रै प्रदुषित भयो । जसको कारणले पछि गएर प्रधानमन्त्रीहरूको हत्या, कोतपर्व, भण्डारखालपर्व जस्ता घटनाहरू घटे र नेपालमा राणा शासनको स्थापना भयो ।
(झ) युद्धको विजय पश्चात बेलायतको नेपालमा औपचारिक रुपले ब्रिटिस रेजिडेन्सी खुल्यो, उसको लागि यो राजनीतिक सफलता थियो । जसको अस्तित्व पछिसम्म पनि रहिरह्यो र हाल बेलायती राजदुताबासको रुपमा उपस्थित छ । ब्रिटिस रेजीडेन्सी, लैनचउर, काठमाण्डौमार्फत वैध र अवैध तरिकाले संकलित नेपालका हजारौ हजार अमूल्य पुराना कागजपत्र, दस्तावेज, सरसामानहरू बेलायत पुर्याइए, नेपालको लागि त्यो ठुलो घाटा थियो । जसको कारणले नेपालको इतिहास अपांग भएको छ भनेमा अत्युक्ति नहोला ।
(ञ) अंग्रेजसँगको युद्धपछि नेपालको राजनीतिमा हस्तक्षेप शुरु भयो, राजा–रानी, पाँडे र थापा गुटबीच भाँडभैलो मच्चाइयो । अन्ततः कोत पर्व पछिको १०४ वर्र्षसम्म हरेक कुराको लागि बेलायत नेपालको अन्तराष्ट्रिय अभिभावक जस्तै बन्यो
युद्ध सामग्री र थप फौजहरूको समयअनुसारको व्यवस्था नहुनुमा तत्कालीन सरकार पक्ष जिम्मेवार छ । सेनाको तर्फबाट गरिएका हरेक कारवाही अवश्य पनि उच्च स्तरको थियो
नेपाली सेनाको मुल्याड्ढन
कुनै पनि देशको सेना युद्धको समयमा एउटा औजार मात्र हो । यसको प्रयोग राष्ट्रले गर्दछ । राज्यले खटाएको ठाउँमा खट्टिनु र भनेको काम गर्नु उसको कर्तव्य हो । वि.सं १६१६ मा सेनापति भगीरथ पन्तको नेतृत्वमा गोर्खाका राजा द्रव्य शाहले खडा गरेको यस सेनाको इतिहासमा हर–हमेसा देशको लागि समर्पित छ ।
यस युद्धमा पनि नेपाली सेनाले रगतको बलिदान दिएको थियो । विशेष गरी कुमाउ, नालापानी (खलंगा), जैथक, मलाउ, बुटवल, हरिहरपुर गढीको युद्धहरूमा हजारौ नेपाली वीरहरूको ज्यान गएको थियो । भक्ति थापा जस्ता महान योद्धाले वीरगति प्राप्त गरे । कतिपय प्रतिकुल स्थितिमा पनि उनीहरूले देशको लागि मरिमेटे । कमजोर युद्ध सामग्री, हात हतियार र व्यवस्थापकीय राम्रो सहयोग नभएर पनि उनीहरूले अंग्रेजविरुद्ध जुन बहादुरी देखाए त्यसले शत्रु पक्षलाई पनि प्रभावित पार्यो ।
युद्धमा जित र हार हुन्छ, यो सास्वत सत्य हो । हार्नेको युद्धकला, शाहस र अनुशासनको मुल्याङ्कन गरिन्छ्, जुन नेपाली सेनामा उच्च स्तरको थियो । राजनीतिक हिसाबले युद्धको जित र हारलाई महत्व दिईन्छ भने सैनिक आँखाबाट युद्धमा प्रयोग भएका युद्ध सीपको मुल्याङ्कन गरिन्छ । युद्ध जित्नु र हार्नुमा राज्यको सहयोग र आपूर्तिको ठुलो हात रहन्छ ।
तसर्थ, युद्ध सामग्री र थप फौजहरूको समयअनुसारको व्यवस्था नहुनुमा तत्कालीन सरकार पक्ष जिम्मेवार छ । सेनाको तर्फबाट गरिएका हरेक कारवाही अवश्य पनि उच्च स्तरको थियो । अपवादको रुपमा कुमाउको युद्धमा प्रशासक चौतरा वंम शाहले गरेको राष्ट्र घातलाई भने नेपालको इतिहासले कहिल्यै क्षमा दिन सक्दैन ।
कमाण्डर ईन चिफ भीमसेन थापाको मुल्याङ्कन
नेपालको राजनीतिक इतिहासमा भीमसेन थापाको स्थान अति नै उच्च स्तरको देखिन्छ । किनकी, उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको छ । उनको प्रशासनिक क्षमता धेरै शक्तिशाली थियो । तत्कालीन नेपाल दरबारको धमिलिएको राजनीतिक अवस्थामा सक्रिय भएर ३१ वर्ष सरकार प्रमुख भई राजकाज चलाउनु भनेको चान चुने विषय होइन ।
उनमा युवा जोस, देशको लागि तुरुन्तै केहि गरेर देखाउ भन्ने भावना, साम्राज्यवादी अंग्रेजहरूलाई ठोकेर नै ठिक पार्छु भन्ने अठोट, उग्र राष्ट्रवाद जस्ता पक्ष उनमा थिए । जसलाई हामीले सम्मान गर्नु पर्दछ । जहाँसम्म उनको कुटनीतिक र सैनिक मामलातर्फ हेर्ने हो भने उनलाई सफल प्रशासकको रुपमा मान्न अप्ठेरो छ । युद्ध अगाडिको कमजोर आर्थिक अवस्था, भाइ भारदारको सल्लाहलाई उपेक्षा गर्नु बैदेशिक गठवन्धन नहुनु, नेपाली सेनाभित्र जर्नेली समूह र काजी ग्रुप सृजना हुनु ।
युद्धको समयमा थप मद्दत र थप युद्द सामग्रीको आपुर्ति गराउन नसक्नु जस्ता कारणले गर्दा नेपाल अंग्रेज युद्धमा हारियो । त्यसमा पनि उनीमा युद्ध सञ्चालन, सैन्य परिचालन गर्ने कला तथा युद्ध अनुभवको कमी थियो । त्यतिखेरको सैनिक संस्कार अनुसार युद्ध अनुभव नभएका व्यक्तिहरूलाई सेनाको माथिल्लो तहमा नियुक्ति दिइन्नथ्यो । भीमसेन थापाले कुनै पनि सैनिक अंग कमाण्ड गरेको र युद्ध लडेका थिएनन ।
त्यस युद्धमा झण्डै आधा नेपाल हालको भारतमा गाभियो । जसको पीडा अहिले पनि नेपालीले भोगेकै छन् । यस युद्धको मुख्य पात्र भीमसेन थापा नै हुन् र युद्धको जस–अपजस उनको भागमा सबैभन्दा धेरै पर्दछ ।
सैनिक इतिहासमा विद्यावारिधी गरेका डा. बस्न्यात चीनको लसान युनिभर्सिटीका गेस्ट प्रोफेसर हुन् ।
प्रतिक्रिया