चार वर्षदेखि पीडामा राउटे युवा « Khabarhub

चार वर्षदेखि पीडामा राउटे युवा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महिना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो ।

आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । आगोले पाखुरा, ढाड, पेटसहित शरीर जलेका उनलाई एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि मात्रै काठमाडौँ लगिएको थियो । त्यसबेला उनको घाउ पाकेर सङ्क्रमण फैलिएको थियो ।

राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा कपिललाई उपचारका लागि काठमाडौं लैजानुअघि समुदायको झारफुक र जडीबुटी नै प्रयोग गरिएको थियो । समयमै उपचार नपाएपछि घाउ बल्झिएर कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए । काठमाडौँमा उपचार गरेर फर्किएका कपिलको पुनः घाउ बल्झिएपछि दुई वर्षअघि दैलेख अस्पतालमा उपचार गराएका थिए । त्यसबेला दैलेख अस्पतालले निःशुल्क स्वस्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

काठमाडौं र दैलेखको भैरवी गाउँपालिका–५ लैनचौरमा बस्ती रहँदा दैलेख अस्पतालमा उपचार गराएका राउटे युवा कपिलको घाउ अझै निको हुनसकेको छैन । परम्परागत औषधि उपचारलाई मुख्य ठान्दै आएका राउटे समुदाय पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको सङ्केत देखिन थालेको छ तर उनको घाउ निको हुनसकेको छैन ।

उनको घाउ झनै बल्झिदै गएको छ । कपिलको घाउ बढ्दै गएको छ । ‘घाउ पाक्न थालेको छ, बेला–बेला बेस्सरी दुख्छ’, कपिल भन्छन् । घाउकै कारण कुनै पनि काम गर्न नसकेको कपिलले बताए । ‘हात चलाउन पनि मिल्दैन, अरु काठका भाँडाकुडा बनाउँछन् तर यही घाउका कारण मैले काम गर्न सकेको छैन, ठूलो र सुविधासम्पन्न अस्पतालमा गएर उपचार गराउन पाए घाउ सञ्चो हुन्थ्यो कि रु’, उनले निरास हुँदै भने । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटे समुदाय गत साता मात्रै दैलेखको गुराँस गाउँपालिकामा बस्ती सरेका छन् । हाल राउटे समुदायको सङ्ख्या १४६ छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : १२ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये