४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा « Khabarhub

४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालसम्म ४० दुश्मन मार्न सफल एकजना रुसी महिला निशानेबाज (स्नाइपर) लाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । बगिरा नाम दिइएकी रुसी स्नाइपर एरिना स्टारिकोभालाई पक्राउ गर्न सफल भएको युक्रेनी फौजले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै युक्रेनी फौजले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनी रुसी फौजको ११ औं स्पेशलाइज्ड स्पेशल अपरेसन डिभिजनमा तैनाथ रहेको जनाइएको छ ।

युक्रेनी फौजसँगको लडाइका क्रममा उनी घाइते भएको र उपचारका क्रममा उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएको अमेरिकी अनलाइन समाचार पोर्टल न्यूयोर्क पोष्टले जनाएको छ ।

युक्रेनको पूर्वी भागमा अवस्थित पृथकतावादी राज्यको फौजसँग आबद्ध उनले हालसम्म ४० जनालाई मार्न सफल भएको र उनीबाट मारिनेमा केही सर्वसाधारण समेत रहेको बताइएको छ ।

यता उनले भने रुसी फौजले आफूलाई मर्न त्यसै छाडेको आरोप लगाएकी छिन् । ‘म घाइते छु भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरुले मलाई मर्न यतिकै छाडेर गए ।’ उनलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सर्बियाली मूलको रहेको जनाइएको छ । ४१ वर्षीया उनको विवाह बेलारुसी सैनिक अलेक्जाण्डर ओर्गेनिचसँग भएको न्यूयोर्क पोष्टले जनाएको छ ।

दुई सन्तानकी आमा उनका ११ र ९ वर्षीया छोरीहरु छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ३७ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु