४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा | Khabarhub Khabarhub

४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालसम्म ४० दुश्मन मार्न सफल एकजना रुसी महिला निशानेबाज (स्नाइपर) लाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । बगिरा नाम दिइएकी रुसी स्नाइपर एरिना स्टारिकोभालाई पक्राउ गर्न सफल भएको युक्रेनी फौजले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै युक्रेनी फौजले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनी रुसी फौजको ११ औं स्पेशलाइज्ड स्पेशल अपरेसन डिभिजनमा तैनाथ रहेको जनाइएको छ ।

युक्रेनी फौजसँगको लडाइका क्रममा उनी घाइते भएको र उपचारका क्रममा उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएको अमेरिकी अनलाइन समाचार पोर्टल न्यूयोर्क पोष्टले जनाएको छ ।

युक्रेनको पूर्वी भागमा अवस्थित पृथकतावादी राज्यको फौजसँग आबद्ध उनले हालसम्म ४० जनालाई मार्न सफल भएको र उनीबाट मारिनेमा केही सर्वसाधारण समेत रहेको बताइएको छ ।

यता उनले भने रुसी फौजले आफूलाई मर्न त्यसै छाडेको आरोप लगाएकी छिन् । ‘म घाइते छु भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरुले मलाई मर्न यतिकै छाडेर गए ।’ उनलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सर्बियाली मूलको रहेको जनाइएको छ । ४१ वर्षीया उनको विवाह बेलारुसी सैनिक अलेक्जाण्डर ओर्गेनिचसँग भएको न्यूयोर्क पोष्टले जनाएको छ ।

दुई सन्तानकी आमा उनका ११ र ९ वर्षीया छोरीहरु छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ३७ बजे

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामतीसम्बन्धी विधेयक

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता