मलेशियाका शाही दम्पती कोरोना संक्रमित « Khabarhub

मलेशियाका शाही दम्पती कोरोना संक्रमित


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियाका राजा रानी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानी टुङ्कु अजिजा अमिना मैमुना इस्कनदरिया क्वारेन्टाइनमा रहेको सिंगापुरको टेलिभिजन च्यानल न्यूज एसिया सीएनएको अनलाइन संस्करणले जनाएको छ ।

मलेशियाको दरबारले जनाएअनुसार राजा सुल्तान अब्दुल्लाह आगामी बिहीबार अर्थात् अप्रिल ७ सम्म तथा रानी टुङ्कु अजिजा शुक्रबार अर्थात् आगामी अप्रिल ८ सम्म क्वारेन्टिनमा रहनेछन् । उनीहरु मलेशियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसार नै क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

‘राजा र रानीमा सामान्य लक्षणमात्रै देखिएको छ र मौसुफहरूको स्वास्थ्य अवस्था राम्रै छ ।’ दरबारले जनाएको छ । राजाले मलेशियालीहरुलाई मुसलमानहरुको पवित्र महिना रमजानको शुभकामना दिँदै चनाखो रहन आह्वान गरेको सीएनएले जनाएको छ ।

मलेशियाको दरबारले राजा र रानीको सुस्वास्थ्यको कामना गर्न समेत सबै जनतामाझ अपिल गरेको छ । मलेशियामा हालसम्म कोरोना भाइरसबाट ४२ लाख १९ हजार ३ सय ९५ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३५ हजार १३ छ । 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ५५ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले