मान्छे हराएको ७० वर्षपछि काजकिरिया « Khabarhub

मान्छे हराएको ७० वर्षपछि काजकिरिया


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङमा एकजना व्यक्तिको बेपत्ता भएको ७० वर्षपछि काजकिरिया शुरु गरिएको छ । ३३ वर्षको उमेरमा कामको लागि भारत जान्छु भनेर हिँडेका व्यक्ति ७० वर्षसम्म पनि फर्केर नआएपछि उनको काजकिरिया गर्न लागिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिने काजकिरिया शुरु गरेका हुन् ।

हाल ७३ वर्षीय गेहेन्द्रबहादुरले आफू ३ वर्षको हुँदा बुवा मोतीलाल बस्नेत हराएको बताए । ‘बुवा ३२–३३ वर्षको हुनुहुन्थ्यो रे, २००६ सालमा कामका लागि भारत जान्छु भनेर घरबाट हिँड्नुभएको थियो,’ गेहेन्द्रबहादुर ले भने, ले भने, ‘उहाँ घरबाट निस्किदा म ३ वर्षको मात्रै थिए । अहिले म ७३ वर्षको भइसके । उहाँ हराएको नै ७० वर्ष भइसकेकाले किरिया गर्न लागेका हौं ।’

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने गेहेन्द्रले बताए ।

बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनको भनाइ छ ।

पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको बस्नेतले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ०६ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र