मान्छे हराएको ७० वर्षपछि काजकिरिया « Khabarhub

मान्छे हराएको ७० वर्षपछि काजकिरिया


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङमा एकजना व्यक्तिको बेपत्ता भएको ७० वर्षपछि काजकिरिया शुरु गरिएको छ । ३३ वर्षको उमेरमा कामको लागि भारत जान्छु भनेर हिँडेका व्यक्ति ७० वर्षसम्म पनि फर्केर नआएपछि उनको काजकिरिया गर्न लागिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिने काजकिरिया शुरु गरेका हुन् ।

हाल ७३ वर्षीय गेहेन्द्रबहादुरले आफू ३ वर्षको हुँदा बुवा मोतीलाल बस्नेत हराएको बताए । ‘बुवा ३२–३३ वर्षको हुनुहुन्थ्यो रे, २००६ सालमा कामका लागि भारत जान्छु भनेर घरबाट हिँड्नुभएको थियो,’ गेहेन्द्रबहादुर ले भने, ले भने, ‘उहाँ घरबाट निस्किदा म ३ वर्षको मात्रै थिए । अहिले म ७३ वर्षको भइसके । उहाँ हराएको नै ७० वर्ष भइसकेकाले किरिया गर्न लागेका हौं ।’

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने गेहेन्द्रले बताए ।

बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनको भनाइ छ ।

पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको बस्नेतले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ०६ बजे

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले