अष्ट्रेलियाविरुद्धको श्रंखला पाकिस्तानलाई « Khabarhub

अष्ट्रेलियाविरुद्धको श्रंखला पाकिस्तानलाई


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली पाकिस्तानले अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखलामा २-१ ले जित निकालेको छ ।

पाहुना टोली अष्ट्रेलियाले पहिलो खेल जित्दा लगातार दुई खेलमा हार बेहोर्‍यो । शनिबारको अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

लाहोरमा २११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २१४ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १०५ रन बनाए । यस्तै इमामुल हकले ८९ रनको योगदान गरे । अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २१० रन बनाउन सक्यो । उसका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाउन बनाए । सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४ रन बनाए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३/३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ४२ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण