बेन्जेको गोलमा रियल मड्रिडको जित « Khabarhub

बेन्जेको गोलमा रियल मड्रिडको जित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार भिगोको घरेलु मैदानमा दुबै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए ।

१९औं मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औं स्थानमा छ ।

गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछी समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : १८ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो