माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन  « Khabarhub

माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन 


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको पूर्ण सुनुवाइ स्थगन गर्न १४ सांसदका प्रतिनिधित्व गर्ने अधिवक्ताले निवेदन दिएका हुन।

एमालेबाट अलग भएर एकीकृत समाजवादी दल खोल्नुअघि नै नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्न पत्राचार गर्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरी सांसदमै राखेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आजबाट पूर्ण सुनवाइ सुरुवात गर्न लागिएको थियो।

एमालेले १४ सांसदलाई कारबाहीको पत्र पठाए पनि सभामुखले कुनै निर्णय नगरेको र निर्वाचन आयोगले समेत जबरजस्ती अर्को दल दर्ता गरेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।

१४ सांसदको कारबाहीको माग गर्दै एमालेले संघीय संसद् अवरुद्ध गर्दै आएको छ। १४ सांसदविरुद्ध मुद्दाको सात महिनादेखि फैसला हुन सकेको छैन।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४७ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र