गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने « Khabarhub

गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो ।

यसका लागि आविष्कार केन्द्रसँग सम्झौता पनि गरिसकेको छ । विश्वविद्यालयका कुलपति प्रा.डा .गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ ।

गण्डकी आफैँले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ ।

प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित, फार्मेसी र आइटीको पढाई सुरु भएको छ ।

बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए। नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय संचालन गरेको हो । छिटै मेडिकल कलेज संचालन ल्याउन लागिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ४२ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी